जुली भइन् कलेजको दोस्रो टपर

Sun Jun 6 2 Comments


जुली परियारलाई पढ्न सघाउने र शुभेच्छा प्रकट गर्ने लाखौंका लागि यो उत्साहको खबर हो। विश्वभरि छरिएका माइसन्सार पाठकको सहयोगमा कीर्तिपुरको शहीद स्मारक कलेज पढिरहेकी जुली बीबीएस पहिलो वर्षको ‘फस्ट टर्म’ परीक्षामा कलेज दोस्रो भएकी छन्। फलेबाँस (पर्वत)को भवानी उच्चमाविबाट नेपाली मिडियममा ‘प्लस टू’ सिध्याएकी जुलीले शहीद स्मारकमा अंग्रेजी मिडियममा पढिरहेकी छन्। ‘परीक्षापछिको पढाइ झनै राम्रो भएर गएको छ’, प्रगति विवरण बुझ्न कलेज पुगेका सरोकारवालाहरुलाई प्रिन्सिपल मिलनमान महर्जनले सुनाए- ‘जुली सम्भावित कलेज टपर हुन्।’

गाउँबाट एकै पटक सहर आउँदाको फरकपन एवं नेपालीबाट अंग्रेजी मिडियममा पढ्दा पनि उनले प्राप्त गरेको सफलता उत्साहजन भएको प्रिन्सिपल महर्जनले बताए। कलेजमा उनको उपस्थिति सतप्रतिशत छ।

कीर्तिपुरको शहीद स्मारक कलेजले जुलीको अध्ययनका एक वर्षको निम्ति मासिक शुल्क पचास प्रतिशत छात्रवृति तथा भर्ना शुल्कमा पूर्ण छात्रवृत्ति दिएको छ। यो शैक्षिक वर्षको पढाइ हेरेर अर्को वर्ष छात्रवृत्ति निर्धारण हुने भन्ने चुनौती सामु जुलीले आफ्नो पढाइलाई दह्रो सावित गरेकी छन्।

सम्भावना र संयोगहरु कसैको नियन्त्रणका विषय हैनन्। असम्भव केही छैन, कलेज टपरका लागि जुलीलाई अग्रिम शुभकामना !

यस्तो छ जुलीको प्राप्ताङ्कः रिजल्टमा अकाउन्ट र इकोनोमिक्समा कमजोर देखिए पनि परीक्षा पछिका दिन जुलीले ती दुवै विषयमा राम्रो प्रगति गरिरहेको प्रिन्सिपलले बताए। ‘म आफैँ अकाउन्ट पढाउँछु। पछिल्ला दिनमा पढाउने च्याप्टरमा उनको तयारी पहिलै भइसकेको हुन्छ।’


जुलीको पढाइ प्रगति बारेको छलफलमा बोल्दै एलबी थापा।


भोलानाथ शर्मा (दायाँ), केदार शर्मा पोखरेलका साथमा जुली।


प्रगति विवरण बुझ्न शहीद स्मारक कलेज पुगेको टोलीसँग छलफल गर्दै प्रिन्सिपल मीलनमान महर्जन (टाइ लगाएका)।


रमेश खनाल, विष्णु तिवारी, स्याटेलाइट र प्रिन्सिपल


भोलानाथ शर्मासँग गफ गर्दै एलबी थापा। शहीद स्मारक कलेजका एक विद्यार्थी।

2 thoughts on “जुली भइन् कलेजको दोस्रो टपर

  1. Thank you Krishnaji for the updates of Juli’s progress.

    All are expecting for the best to Juli Pariyar as Sahid Smarak College(SSC)Principal Mr. Milan Maharjan expected on Juli for future based on the last exam report. May all principal investors will be very happy to learn through this update.

    Satelite invested himself and requested all through mysansar.com to provide an opportunity to a student who is stood the second topper in her class now in English medium she was from Nepali medium after getting scholarship from SSC as requested.
    May all peole who provided support to Juli in a request as mentioned above. Few good people for good reason do not want to disclose there names while supporting others. In this context I recall to Gole dai.

    No one can dare to remove or replace Satelite from this universe and is synonymous to the society pasting on the wounds of victims of accident. Mr. Bhola Nath Lamsal and Agayni Budha are the wheels in our socety with the help of wheels a vehicle moves.

    Thanks to all who supported Juli for her carrers individually, institutionally (SSC for scholarship and CWIN for providing her opportunity to teach the needy students from her locality to her subsistence)

    I wish her future progress to be a responsible citizen.

    Thanks
    L B

  2. This comment was posted in mysansar.com
    ———–

    मेरो अलिक छुट्टै विचार छ| जुलीलाई धेरै मानसिक दबाब दिन उचित हुँदैन| उनको प्राप्तांक सार्बजनिक गर्दा उनलाई मानसिक दबाब पर्छ | सबैले मिलेर सहयोग गरेको हो, उनको सफलता सबैको सफलता हो| शिक्षित र चेतनशील बनाउन उनलाई बैचारिक स्वन्त्रता दिनु पर्ला कि| असल बिद्यार्थी भएपनि परीक्षा सधै राम्रो हुन्छ भन्ने छैन| बरु सामाजिक दायित्व बुझाउने खालको कार्यक्रममा पनि सहभागी गराउनु राम्रो होला | जस्तै उनले जेलमा रहेका बच्चाहरुलाई स्वम्सेवी भएर कक्षा लिन सक्छिन|

Leave a Reply

Your email address will not be published. Required fields are marked *