कुरी-कुरी प्रचण्ड

Mon Jun 7 2 Comments

प्रचण्डको घुमफिर जीवन साँच्चै लोभलाग्दो छ। कहिले लप्सीफेरिदको झुले त कहिले धुलिखेलको द्वारिकाज रिसोर्ट। जुन ६ को प्रचण्डको हेलम्बु (सिन्धुपाल्चोक) घुमफिरमा चाहिँ उनको कट्टु खुस्कियो। महान गौरवशाली पार्टीका शक्तिशाली अध्यक्षको कट्टु खोलिँदा वाइसीएल के हेरेर बस्यो ? जनमुक्ति सेना कहाँ थियो ? भन्ने प्रश्न पनि उठ्ला। हो, तिनीहरु साथै थिए। फेरि हाम्रा सबै कमरेडहरुलाई अध्यक्ष कमरेड राष्ट्रिय आत्मसमर्पणवादी र विदेशी प्रभुका कठपुतलीको षड्यन्त्रमा पो परे कि भन्ने पनि लाग्ला। मने सार 🙂 मा कुरा यस्तो हो।

६ जुन बिहान प्रचण्डले माओवादीको पदाधिकारी बैठक आफ्नै निवास नयाँ बजारमा बोलाएका थिए। बैठक लगत्तै प्रचण्ड चढ्ने बा ६ च १०२९ नम्बरको गाडी अरनिको राजमार्गतर्फ सोझियो। उनको अघिपछि थिए अन्य पाँच गाडी। कार्यकर्ताले सहितका ६ गाडी बनेपामा जाममा फसेँपछि बल्ल थाहा भो प्रचण्ड त हेलम्बु हिँडेका रहेछन्। दाहाल टोलीलाई ढाडखोला पुर्‍याएपछि काभ्रे प्रहरी फर्कियो। त्यसपछि दाहालको सुरक्षा एस्कर्टिङको जिम्मा सिन्धुपाल्चोक प्रहरीले लियो।

दाहालको योजना हेलम्बु क्षेत्रको तिम्बुमा रात बिताउने थियो। तर ठाउँको अभावले मेलम्चीबाट १७ किलोमिटर दूरीको सेमार्थान घुमेर राति ककनी झर्‍यो।

प्रचण्डको गासबास खुँखार अपराधीकोमा
(प्रचण्डको टोलीलाई हेलम्बु क्षेत्रमा गासबास दिने पाल्चोक-९ ककनीका नोर्साङ खुँखार अपराधी हुन्। चेलिबेटी बेचबिखन, नागरिकता कीर्ते र जंगल फाँडेको अभियोगमा उनलाई जिल्ला र पुनरावेदन अदालतले अपराधीको रुपमा सजायँ समेत तोकेका छन्। जिल्लामा विवादको शिखरमा रहेका नोर्सिङ राप्रपाको राजनीतिबाट केही समयअघि मात्र माओवादी छिरेका हुन्।

तिब्बती नागरिक तेन्जिङ शेर्पालाई नेपाली नागरिकता दिन सिफारिश दिएको अभियोगमा उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ मा कैद सजाय सुनाएको थियो। जिल्ला अदालतको निर्णयविरुद्ध उनी पुनरावेदन अदालत पाटन पुगेका थिए। पुनरावेदनले पनि जिल्लाकै फैसला सदर गर्दै उनलाई कैद नै गर्नुपर्ने आदेश दिएको थियो। कैद साजय पाएका नोर्साङ अदालतको सूचिमा भने फरार छन्।

०५५ मा गाउँका १४ किशोरी बिक्रीका लागि भारत लैजान लागेको अवस्थामा उनलाई बौद्ध प्रहरीले पक्राउ गरेको थियो। माइती नेपालले मानव वेचबिखनको आरोपमा पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो। फैसलामा नोर्साङलाई दोषी ठहर्‍याएको थियो।

मंगलबार उनीविरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकमा वन मुद्दा दर्ता भएको छ। ककनीस्थित सार्वजनिक जंगलको ८ सय ४४ क्युफिट रुख काटेर बिक्री गरेको अभियोग लगाउँदै जिल्ला वन कार्यालयले ८४ हजार रुपैयाँ बिगो र एक वर्ष कैद साजय दाबी गर्दै मुद्दा दायर गरेको छ।

‘नोर्साङविरुद्ध मुद्दा दर्ता भएर चलिरहेको छ’, सहायक वन अधिकृत तथा अनुसन्धान अधिकारी तुलाराम घिमिरले भने। उनी सदरमुकाम चौतारा बाक्लै आउजाउ गर्छन्। तर प्रहरीले पक्राउ गर्दैन।
-ध्रुव दंगाल, ७ जुन, २०१० को नागरिक दैनिक)

उफ ! प्रधानमन्त्री बन्न लवेदा सुरुवाल सिलाएर ठिक्क पारेको मेरो देशको राष्ट्रिय नेताको यो हविगत हेर्दा अरु के भन्ने त- कुरी! कुरी!! कुरी!!!

2 thoughts on “कुरी-कुरी प्रचण्ड

  1. सर उन्ले पहिला त प्रधानमन्त्री हुँदा दौरा सुरवाल लाथेनन्। यसपटक दौरा सुरबाल ठिक पारेका छन् र? कि सरले विम्बात्मक व्यङ्य प्रस्तुत गर्नु भो कुन्नि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *