सेनापतिलाइ घटुवा गर्ने को हो?

Sun Aug 26 0 Comments

झण्डै एक लाख नेपाली सेनाको प्रमुख हैसियतमा रहेका प्रधान सेनापति छत्रमान सिंह गुरुङ दिउहुँ संप्रसेप (सम्माननीय प्रधान सेनापति), ‘साप’, ‘हजुर’ जस्ता शब्दबाट सम्मान खाइ‘रा होलान्। एक लाख सेनाको प्रमुख गुरुङलाई कसैले ‘के छ हउ एयरपोर्ट म्यानेजर सा’ब ?’ भनेर घटुवा गर्दिए कत्तिको कन्सरी तात्छ होला ? अनि आफूसँगै उभिएको रेष्टुराँ बेपारीलाई चाहिँ ‘संप्रसेप सा’प माओवादी लडाकूलाई त तपाइँले ठिक लाउनु भो नि’, भनेर भन्दा मन कटक्क गर्दैन् होला त ?

ठेमलमा कोरियन ब्रान्ड ब्लाक याकको पसल उद्घाटन गर्न पुगेका प्रधान सेनापति छत्रमान गुरुङसम्बन्धी समाचारमा कोरियाको एउटा लोकप्रिय समाचार अनलाइन naver.comले यस्तै गर्दिएको छ।


तस्विर सभार : naver.com

माथिको तस्वीरमा प्रधानसेनापति गुरुङ ब्लाक याकका महाप्रबन्धक खाङ थे सङ पानसमा बत्ती बालेर पसलको उद्घाटन गर्दैछन्। अनलाइनले चै फोटोको क्याप्सनमा लेखेको छ– ब्लाकयाक पसलको उदघाटन समारोहमा पानसमा बत्ती बाल्दै एयरपोर्ट सुरक्षा प्रमुख रबि प्रधान। बाबा ! अमेरिकी समाचार संस्था एपीको नाममा छापिएको समाचारको विश्वसनियता ! हाम्रा प्रधानसेनापति त भ्रष्टाचारी अड्डाको हाकिममा घटुवा रे !


यी खैरोकोटे (दायाँ) गुरूङ कहिले प्रधानसेनापति भए? तस्विर सभार : naver.com

अब यो अर्को फोटो हेर्नोस्। यसमा कोरियन ब्रान्ड ब्लाक याकका महाप्रबन्धक खाङ थे सङ र कोरियाका साधारण रेष्टुरेन्ट व्यवसायी भीम गुरुङले हात मिलाइरहेका छन्। खाङ थे सङसंग हात मिलाउने यी दायाँतिरका रेष्टुराँ बेपारी भीम गुरुङ चै नेपाल र नेपालीको सुरक्षा हेर्ने प्रधानसेनापति रे!

अब कोरियन भाषामा लेखेको यो खबर तपाइँ हामी जस्ता गैर कोरियनहरूले कसरी पढ्ने ? चिन्ता नमान्नोस् ! ह्या छ आइडिया । कृपया कोरियन भाषामा लेखिएको यो न्युजलाई यहाँ क्लिक गरी निकाल्नोस्। अब गुगगल ट्रान्सेलटमा गएर From: Korean र To: English गर्नोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *