अमेरिकी सहयोगका भेन्टिलेटर पुग्दैछन् सातै प्रदेश

Fri Nov 13 0 Comments

कोभिड—१९ संक्रमित संख्या बढेर देशभरि भेन्टिलेटर अभाव भइरहेका बेला अमेरिकाले नेपाललाई १०० थान भेन्टिलेटर प्रदान गरेको छ। युएसएआईडीमार्फत् अमेरिकाले ती भेन्टिलेटर उपलब्ध गराएको हो। शुक्रबार अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका भेन्टिलेटरहरू अत्याआधुनिक छन्। फोक्सोले पर्याप्त काम नगर्ने समस्या भएका कोभिड-१९ बिरामीका लागि जीवन रक्षा निम्ति भेन्टिलेटर महत्त्वपूर्ण मानिन्छ। अमेरिकाले प्रदान गरेका […]

Read More

सापकोटाको ‘वनको वैभव’मा वन्यजन्तुको रमाइलो बखान

Tue Oct 13 0 Comments

पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ। फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक कोरोना महामारीका कारण औपचारिक कार्यक्रमबिनै बजारमा ल्याइएको हो। ‘पन्छी जगत’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ पछि सापकोटाको यो चौथो पुस्तक हो। पुस्तक चराचुरुङ्गी एवम् वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न, उनीहरूका यौनका रहस्यमय विषयबारे जान्न चाहनेहरूका लागि पनि उत्तिकै […]

Read More

इन्जा फेलोसीप ७० पत्रकारलाई

Mon Oct 12 0 Comments

कोरोना महामारीबाट पत्रकारले रोजगारी गुमाउने, तलब कटौती हुनेसहितका समस्या झेलिरहेका बेला नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले ७० पत्रकारलाई फेलोसीप दिने भएको छ। कोरोना कठिनाइमा परेका पत्रकारका लागि इञ्जाले जुलाईमा अनलाइन आवेदन आह्वान गरेको थियो। आवेदन गर्नेमध्ये आइतबार ७० जनाको अन्तिम सूची तयार पारिएको हो। सरकारले नेपालमा सन् २०२० अप्रिलदेखि कोरोना लकडाउन गरेको थियो। त्यसयता […]

Read More

दशैँ पछिको यो जीवन

Sun Oct 11 0 Comments

दशैँ टीकाको पर्सिपल्ट काठमाडौं सडक करिब सुनसान छन्। सवारी साधन थोरै मात्र छन्। हप्ता दिन अघिसम्मको निरन्तर वर्षापछि छ्याङ्ग खुलेको मौसमले काठमाडौं सफा देखिइरहेछ। भन्छन् नि मनोरम प्रकृतिमा आँखा ठोक्किँदा मनमा खुशी तरङ्ग बढ्छ। अनि त्यो प्रकृति नागार्जुन डाँडाजस्तो मोहक भइदिए? प्राकृतिक सौन्दर्य आर्ट गर्ने फ्रेन्च कलाकार क्लोड मोने कीर्तिपुर उमामहेश्वर छेउछाउ एकवर्षे क्यानभाष चलाउँथे […]

Read More

जो जिउने कला सिकाएर विदा भए

Wed Sep 23 0 Comments

जसले आफू बौद्ध हुँ भनेर कहिल्यै स्विकारेनन् तर विश्वभर बुद्धको शिक्षा फैलाए। जसले सम्प्रदायको साँघुरो घेरा कहिल्यै निर्माण गरेनन्, बरु सबै देशका मान्छेमा आश्चर्यजनक गहिराइबाट स्वतन्त्रताको चेतना जगाइदिए। जसको जीवनको सार भन्नु नै सबै वर्गका मानिसलाई समान ढंगले दुःखबाट आनन्द, घृणाबाट स्नेह करूणा अनि बन्धनबाट स्वतन्त्रताको बाटो देखाउनु रह्यो। विश्वका करोडौं गृहस्थसम्म विपश्यना ध्यान पुर्‍याउने […]

Read More