यो मयूर टाइम्सको समय हो

‘उभिइ-उभिइ हुने नारायण वाग्लेको ‘मयुर टाइम्स’ सार्वजनिक समारोहमा शनिबार १० बजे आउनुहोला’- निम्ता इमेलमा थियो। अघिल्लो दिन भोकै सुतेको म शनिबार बिहान उठ्दा फ्रेस र कमजोर दुवै थिएँ। ‘हुन्छ हुन्छ सोझै कान्तिपथमा आए हुन्छ’, स्याटेलाइटको फोन उठाउँदै म कोठाबाट निस्किएँ। झन्डै १० मिनेटको माइक्रोबस यात्रापछि कालोपुलबाट कान्तिपथ पुगियो। पुस्तक सार्वजनिक स्थल एजुकेशनल बुक हाउस मेरा लागि नयाँ ठाउँ थिएन न त त्यहाँ भेला भएका मान्छेहरु नै मेरा लागि नौला थिए। नयाँ थियो भने फगत नारायण दाइको उपन्यास ‘मयुर टाइम्स’।

त्यो एउटा समय थियो जतिबेला म लेखन र ग्राफिक डिजाइनिङमा करिअर बनाउने सपना कोरल्दै सबैरै ब्याचलर पढ्न आरआर कलेज पुग्थेँ। त्यतिबेलै मैले पढेको पुस्तक हो उनको पहिलो उपन्यास- पल्पसा क्याफे। त्यो समय अनिता, खेम सहितको हाम्रो ग्रुप डल्स हाउसकी नोरा र ओथेलोसँगै दृश्य र पल्पसाका सम्वादमै कुराकानी गर्थ्यो। आज तिनै प्रिय लेखकको दोस्रो पुस्तक सार्वजनिक समारोह प्रवेश गर्दा पाँच वर्षअघिको कलेज जीवन ‘मिस’ भइरहेछ। जीवन बडो डाइनामिक छ (समय हैन)। कलेज जीवनका ती साथी आज टा…ढा पुगिसकेका छन्। र म चाहिँ त्यतिबेलाका हाम्रा सेलिब्रेटी लेखकसँग पाँच फिट जतिको दूरीमा हुँदो हुँ। ‘एकजना पाठकले मलाई सुनाए दशवटा पल्पसा क्याफे किने तर मसँग एउटै छैन’, पुस्तक सार्वजनिक कार्यक्रममा नारायणदाइले यसो भनिरहँदा क्यामेरा काँधमा भिरेर उभिएको म छक्क परेँ। उनको यसै नोस्टाल्जिक भइरहेको मैले क्यामेराको बटन अफ गरिदिएँ। अरे यार जीवनमा संयोगहरु पनि कति हुन्छन् हँ !? उनलाई त्यो सुनाउने मान्छे म थिइनँ। त्यसो गर्ने चाहिँ पक्कै मै थिएँ। मैले किनेका पल्पसा क्याफे पूर्वी एशिया, युरोप र अमेरिका पुगे। संस्कृत पाठशाला गुरुकुल पुगे। हो, मसँग एकै प्रति पनि रहेनन्।

झन्डै २५ मिनेट लामो कार्यक्रमले दैनिक नागरिक कार्यालयमा भेटिने साथीहरु र लामो समयदेखि नभेटिएका साथीसम्मलाई भेट जुराइदियो। केक काट्ने कार्यक्रम अलग्गै घरमा थियो। भिडभाडमा छिर्न मन लागेनँ। आल्मोन्ड रेष्टुराँको चियादेखि वाक्क भइसकेको छु। स्याटेलाइटले नबिल बैंक नजिकैको सडके चियापसल छान्यो। युनिक ! अरे यार संसारको नोबडीलाई के मतलब ! म पनि आफ्नो बुक सार्वजनिक भएको दिन सडकमा नआउँला नि :)’ फेरि यो तहको बाँच्ने स्वतन्त्रता आउला नआउला 🙂 🙂

‘सडक दुर्घटनामा पाँचको मृत्यु, ३० घाइते दाइ’, चिया आधा पिएको थिएँ इटहरीबाट अमर खड्काको फोन। ल्यापटप घरमै छोडेको नमज्जा भयो। अरु त के हुनु आनन्दसँग चिया पिउन पनि पाइएन। ‘नारायण दाइको सिग्नेचर गराएर एउटा मयूर टाइम्स लिनु पर्ला’, पारिपट्टिको एजुकेशन बुकतर्फ संकेत गर्दै स्याटेलाइटले भन्यो। मैले रमाइलो अनुभव गरेँ। ‘अहिलै बुक नपाएर के भो त लेखक सँगै अफिसमै छन्।’

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

3 Responses to “यो मयूर टाइम्सको समय हो”

  1. पल्पसा क्याफे एउटा त तपाइले मलाइ दिनु भएको थियो 🙂
    म बेस्मरी हराएकी थिए पल्पसा क्याफे भित्र – –
    ति हराएका पलहरु आज ब्युतिएर मयूर टाइम्स पढ्न घच्घच्याई रहेको छ मलाइ .

  2. पल्पसा क्याफे पठाइदिएन भनेर घुर्की लगाएको कि मयूर टाइम्स पठाइदेउ भनेको ? 🙂

  3. hm – –
    both 🙂