Archive | Spirituality RSS feed for this section
यो पनि बद्‌लिनेछ

यो पनि बद्‌लिनेछ

स्मीता- कसको जीवन एकनासले सलल्ल बगेको होला ? जीवनका उतार चढावको हिसाव किताब लगाएर जोड घटाउ गर्न थाले अबको बाँकी जीवन त्यसैमा बित्दो हो। यो यथार्थ बुझेर वर्तमानमा बाँच्ने कला जानेका मान्छे संसारमा कति होलान्? कीर्तिपुरको धम्मकित्ति विपश्यना केन्द्रको छतमा बसेर काठमाडौं खाल्डोको कंक्रिट जंगलतिर आँखा तेर्स्याउँदै गर्दा एउटा सोचले मनलाइ छचल्कायो। भर्खरै ३ घण्टाको […]

Read more
हावर्ड पीएचडी होल्डरको विपश्यना यात्रा

हावर्ड पीएचडी होल्डरको विपश्यना यात्रा

व्यापारी, उद्योगपति, अर्थशास्त्री र आक्कलझुक्कल राजनीतिमा उपस्थितिले मात्र डा. ज्योतिको परिचय पूरा हुँदैन। गौतम बुद्धले २५०० वर्षअघि सुरु गरेको विपश्यना ध्यान सद्दे रूपमा (बिनापरिमार्जन) सिकाउने करिब ४ दर्जन नेपाली गुरु (आचार्य)मध्ये सिनियर आचार्य पनि हुन् उनी। प्रतिष्ठित व्यापारी स्वर्गीय मणिहर्ष ज्योतिका कान्छा छोरा डा. ज्योति सन् १९८७ मा हार्वर्ड विश्वविद्यालयमा विद्यावारिधि गर्दै थिए। कलेज बिदा […]

Read more
तिम्रो मंगल होस्

तिम्रो मंगल होस्

एउटा नयाँ अनुभवका लागि आतुर भइरहँदा त्यो क्षण फेरि म खिस्रिक्क परेँ। मलाई चिन्छु भन्ने विपश्यनाको पूर्व साधक कोही थिएन। फर्ममा कसैको सिफारिश चाहिने स्पष्ट थियो। अध्यात्मको क्षेत्रमा के जिद्दी गरिरहनु। म कर्मचारी दिदीसँग प्रतिवाद नगरी सर्लक्क फर्कें। सोचेँ मेरो सर्कलमा कोही ध्यानी छैनन्। जो छन् ती कहाँ छन् भन्ने टुंगो छैन। यसो गरु कि […]

Read more
यत्ति थाहा छ, केही थाहा छैन

यत्ति थाहा छ, केही थाहा छैन

यहाँ ब्रायन एडम्सको ट्विटर फलो गर्नु पर्दैन। न त विकिलिक्सको केबल फलो गर्दै अमेरिकी दूताबासका डकुमेन्टसँग घोत्लिनु पर्छ। इकोनोमिष्टमा के आएछ ? नेपाल र माओवादी बारे टाइम्स अफ इन्डियाले के लेखेछ ? केही दिनदेखि यी तमाम विषयहरुबाट मुक्ति मिलेको छ। काठमाण्डू लाइफ वरपर दाउपेच-प्रतिस्पर्धाहरु दौडिरहँदा मैले आफ्नो आनन्दको बाटोबारे सोच्न थालेको थिएँ। त्यहाँ के हुन्छ […]

Read more
बद्‌लिन्छ जीवन

बद्‌लिन्छ जीवन

त्यो बेला माछा, भ्यागुता र सर्पहरु मेरा मुख्य दुस्मन थिए। आमाको अर्ति सुन्ने/बुझ्ने धैर्यता कहाँ !? भेट्यो कि मारिहाल्यो। सम्झँदा पनि जिउ जिरिङ्ग हुन्छ। त्यो दिन मैले कालो गोमन समातेँ। गोमन मुसाको दुलोभित्र तेर्सिर बसेको रहेछ। धान निकाल्न दुलोमा हात हालेको। गोमन च्याप्पै ! बरफजस्ता चिसा सर्प त पहिला पनि समातेको थिएँ तर गोमन कालको […]

Read more