राजकुमारले हाले ट्वीटरमा ३० करोड डलर

Wed Dec 21 0 Comments

नेपाल आउँदा राजकुमारकी सुन्दरी श्रीमती अमिरालाई नियाल्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल। फोटो सौजन्यः कौशल अधिकारी/काठमाडौँ पोष्ट

काठमाडौं आउँदा चिजबलको भाउ सोध्ने र एक किलो स्याउ किन्ने साउदी अरबका अर्बपति राजकुमार अलवलिद बिन तलालको किङडम होल्डिङ कम्पनीले ट्वीटरमा ३० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। मिडिया टाइकुन रुपट मुड्रोकका व्यापारिक साझेदार तलालको कम्पनीले साउदी स्टक एक्सचेन्जलाई पठाएको विज्ञप्तिअनुसार ‘धेरै महिना लामो वार्तापछि’ लगानी गर्ने निर्णय गरिएको हो।

विश्वका धनीहरूमध्ये एक राजकुमार तलालको न्युज कर्पोरेसनसहित ठूला र प्रसिद्ध कम्पनीमा साझेदारी रहेको छ। उनले अरब मुलुकहरूमा पनि केही मिडिया ग्रुपमा लगानी गरेका छन्। ‘ट्वीटरमा हाम्रो लगानीले विश्वव्यापी प्रभावसहित तीव्र वृद्धि गरिरहेको सामाजिक सञ्चार सञ्जाललाई लगानीको उपयुक्त अवसरका रूपमा पहिचान गरेको पुष्टि भएको छ,’ राजकुमार तलाललाई उदृत गर्दै बीबीसीले जनाएको छ।

२०१० नोभेम्बरमा तलाल श्रीमती अमिराका साथ छुट्टी मनाउन काठमाडौं आएका थिए। सुन्दरी श्रीमती च्यापेर घुम्न आएका राजकुमारलाई अर्बौंको लगानी नै आउन लाग्यो भनेर हाम्रा पत्रिकाहरुमा भँगेरा टाउके अक्षरमा हेडलाइन छाप्याथे। भँगेरा टाउके हेडलाइनहरु गलत सावित भए। भँगेराको होलोग्राम भएको ट्वीटरमा चाहिँ राजकुमारले लगानी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *