सुन्दरीलाई राजदूतको भोज

Fri Aug 10 0 Comments

कुटनीति मिलाउने राजदूतहरु भोज खान र खुवाउन माहिर हुनै नै भए। अमेरिकाका लागि हाम्रा राजदूत शंकरप्रसाद चालिसेले चै त्यहाँको कुटनीतिक समकक्षी हैन नेपाली सुन्दरीलाइ भोज खुवाएका छन्। सुन्दरी प्रतियोगिताका सहभागीलाइ भोज खुवाएर उनले नेपाली कला संस्कृति नबिर्सन पनि युवतीहरुलाई सम्झाए। राजदूत शर्मा र उनकी श्रीमती कल्पनाले आयोजना गरेको भोजमा सुन्दरीहरु छोटा भड्किला लुगा लाएका थिएनन्।

मिस नेपाल यूएसएका सहभागीलाई घरमै बोलाएर भोज खुवाउँदै राजदूत शर्माले भने- ‘जहाँ पुग, जे गर तर नेपाली संस्कृति नबिर्स है नानी हो!’ जर्ज म्यानसन युनिभर्सिटीको जोन्सोन सेन्टरमा ११ अगस्टमा हुने मिस नेपाल युएसए दोस्रो संस्करणका सबै प्रतियोगीलाइ उनले शुभकामना दिएका थिए। जुन २ देखि अमेरिकाका विभिन्न सहरमा गरिएको अडिसनबाट २८ छानिएका २८ जनाबीच जर्ज म्यानसन युनिभर्सिटीको जोन्सोन सेन्टरमा फाइनल प्रतिस्पर्धा हुनेछ।

कस्ता छन् अमेरिकाका नेपाली सन्दरी

तस्विरहरुः जोली अमात्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *