भ्रष्ट खड्का जेल जाँदा कार्यकर्ता तोडफोडमा उत्रिए

Tue Aug 14 0 Comments

गोविन्दराज जोशी र खुमबहादुर खड्कामा केही समानता छन्। दुवैजना कुनै बेला गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र थिए। दुवैले गृह मन्त्रालय सम्हाले। र आज खुमबहादुर खड्कालाई सर्वोच्चले जेल पठाएपछि यी दुइबीच अर्को समानता पनि थपिएको छ- भ्रष्टाचारी। २०४८ सालदेखि २०५८ सम्मको एक दशक अवधिमा अधिक बजेट चलखेल गर्ने मन्त्रालय नेतृत्व १२ पटक सम्हालेका खुमबहादुर खड्कालाइ सर्वोच्च अदालतको […]

Read More

अष्ट्रेलियासँग नेपालको शानदार हार

Mon Aug 13 0 Comments

यु–१९ वर्ल्ड कपमा क्रिकेट महाशक्ति अष्ट्रेलियासँग नेपालले २१२ रनको पराजय व्यहोरेको छ। क्वीन्सल्याण्ड ग्राउन्डमा नेपाली ब्याट्सम्यान अष्ट्रेलियाका बलर सामु निरीह सावित भए। अभ्यास खेलमा राम्रो प्रदर्शन गर्न नसकेका राजेश पुलामी र रुपन्देहीका सागर पुन बाहेक अन्य खेलाडीले दाहोरो अंकमा रन बनाउन सकेनन्। यता नेपाली बलरहरुलाई अष्ट्रेलेयिन ब्याट्सम्यानले रामधुलाइ गरेर सधैँ रक्षात्मक स्थितिमा राख्र बाध्य पारे।

Read More

कर्ली हेयरवालीलाई मिस नेपाल-अमेरिकाको ताज

Sun Aug 12 0 Comments

कर्ली हेयर भएकी आस्था श्रेष्ठले मिस नेपाल यूएसए २०१२ को उपाधि जितेकी छिन्। १८ वर्षे आस्थाले २७ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले शनिबार सो ताज पहिरिएकी हुन्। गाउन र नृत्यकी सौखिन आस्था पेन्टिङ र समाजिक कार्यमा रुचि राख्छिन्। आस्थाले आफूलाई चिनाउन ३ शब्द काफी भएको प्रतिक्रिया दिइन्। भनिन्- ‘आर्टिस्टिक, प्यासोनेट र एम्बिसियस।’

Read More

खुमबहादुर जेल गए कार्यकर्ताले आँधीहुरी ल्याउने रे :)

Sat Aug 11 0 Comments

चोरको खुट्टो काट् भन्दा खुट्टो उचाले झैँ भ्रष्टाचार मुद्दाको फैसला मिति नजिकिँदै जाँदा खुमबहादुरले कार्यकर्तामार्फत् खुट्टो उचालेका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरु कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायले साउन ३० गते खड्काको भ्रष्टाचार मुद्दा सुनाउँदैछन्। तर जेल जाने निश्चित नै नभइ खड्काले अदालतलाई प्रभावति पार्नेगरी धम्की दिन कार्यकर्ता परिचालन गरेछन्। ऋषि क्लबमा आज खड्काका कार्यकर्ताले खुट्टो उचाल्दै […]

Read More

सुन्दरीलाई राजदूतको भोज

Fri Aug 10 0 Comments

कुटनीति मिलाउने राजदूतहरु भोज खान र खुवाउन माहिर हुनै नै भए। अमेरिकाका लागि हाम्रा राजदूत शंकरप्रसाद चालिसेले चै त्यहाँको कुटनीतिक समकक्षी हैन नेपाली सुन्दरीलाइ भोज खुवाएका छन्। सुन्दरी प्रतियोगिताका सहभागीलाइ भोज खुवाएर उनले नेपाली कला संस्कृति नबिर्सन पनि युवतीहरुलाई सम्झाए। राजदूत शर्मा र उनकी श्रीमती कल्पनाले आयोजना गरेको भोजमा सुन्दरीहरु छोटा भड्किला लुगा लाएका थिएनन्।

Read More

जुलीले सुरु गरिन् बैंकिङ करिअर

Fri Aug 3 0 Comments

माइसन्सार डट कम मार्फत् उठाइएको आर्थिक सहयोगमा अध्ययन गरिरहेकी जुली परियारले बैंकिङ करिअर सुरु गरेकी छिन्। झण्डै १ हजार प्रतिस्पर्धीलाई पछाडि पार्दै जुलीले कृषि विकास बैंकको अन्तिम चरणमा नाम निकालेर बैंकिङ करिअरको थालनी गरेकी हुन्। उनको पोष्टिङ बैंकको पर्वत ह्वास शाखामा भएको छ। यो खबर टाइप गरिरहँदा जुली करिअर बनाउने क्रममा गृहजिल्ला पर्वत पुगिसकेकी छिन्। […]

Read More