कुरी-कुरी प्रचण्ड

Mon Jun 7 2 Comments

प्रचण्डको घुमफिर जीवन साँच्चै लोभलाग्दो छ। कहिले लप्सीफेरिदको झुले त कहिले धुलिखेलको द्वारिकाज रिसोर्ट। जुन ६ को प्रचण्डको हेलम्बु (सिन्धुपाल्चोक) घुमफिरमा चाहिँ उनको कट्टु खुस्कियो। महान गौरवशाली पार्टीका शक्तिशाली अध्यक्षको कट्टु खोलिँदा वाइसीएल के हेरेर बस्यो ? जनमुक्ति सेना कहाँ थियो ? भन्ने प्रश्न पनि उठ्ला। हो, तिनीहरु साथै थिए। फेरि हाम्रा सबै कमरेडहरुलाई अध्यक्ष […]

Read More

जुली भइन् कलेजको दोस्रो टपर

Sun Jun 6 2 Comments

जुली परियारलाई पढ्न सघाउने र शुभेच्छा प्रकट गर्ने लाखौंका लागि यो उत्साहको खबर हो। विश्वभरि छरिएका माइसन्सार पाठकको सहयोगमा कीर्तिपुरको शहीद स्मारक कलेज पढिरहेकी जुली बीबीएस पहिलो वर्षको ‘फस्ट टर्म’ परीक्षामा कलेज दोस्रो भएकी छन्। फलेबाँस (पर्वत)को भवानी उच्चमाविबाट नेपाली मिडियममा ‘प्लस टू’ सिध्याएकी जुलीले शहीद स्मारकमा अंग्रेजी मिडियममा पढिरहेकी छन्। ‘परीक्षापछिको पढाइ झनै राम्रो […]

Read More

कस्तो खुशी (दुःखी) जीवन

Fri Jun 4 3 Comments

एउटा लामो यात्रापछि आज फेरि बौद्ध स्तुपाको अघिल्तिर पुगेर मैले पुराना दिन सम्झिएँ। दुःख वा खुशीको कुनै विन्दू भेटिएन। स्टेट अफ माइन्ड शान्त र चंगा अनुभव भइरहेछ। बिहीबारको यो बिहानमा स्तुपा अगाडिको माने घुमाउने श्रद्धालु र परेवालाई चारो खुवाएर आनन्द लिनेहरुको भीड नै छ। मरुन वस्त्रधारी माहायानी भिक्षु-भिक्षुणीहरु स्तुपा पश्चिमतर्फबाट प्रार्थना गर्दैछन्। म सोचबिहीन भएर […]

Read More

सानुको संसार

Fri May 28 2 Comments

सानुका गाउँमा आमा दिदीको कथा अलग्गै छ। काठमाडौमा सपिङ महल चाहर्नेहरुको जस्तो रहरलाग्दो हैन। पेट पाल्नकै लागि ‘लाहुर’ जानु यहाँका महिलाको बाध्यता हो। पहिला मुम्बई जानेहरु अहिले कुवेततिर लागेका रहेछन्। अनि अंकल-पापाहरु चाहिँ गाउँमै भेटिए। हिस्सी परेकी सानु तामाङलाई बुद्ध जयन्तीको दिन मैले उनी पढ्ने स्कूलमै भेट्टाएँ। हेलम्बु क्षेत्र (सिन्धुपाल्चोक) को नारायण निम्न माविमा। यो […]

Read More

गुन्द्रुके कपाल र उनीहरु

Sun May 23 1 Comments

‘गुन्द्रुक जस्तो कपाल भएको अंकल !’ सागर, १३ ले मेरो पछाडि मात्र गर्ने रमाइलो टिप्पणी। ‘अङ्कल हजुर होलीमा हामीसँगै रङ खेल्ने है’, उसले भन्यो। ‘पिचकारी हानेर मलाई भिजाउँछौ होला !’ मेरो शंका सुन्नासाथ उ छटपटिए जस्तै देखियो तोडले दगुर्‍यो। अनि केही पर पुगेर ठूलो स्वरमा करायो- ‘भिजाउदैनौं, बरु गुन्द्रुके कपाल रंगाइदिन्छौं !’ उफ! ‘हजुर भन्ने […]

Read More